भारतमा थप ७८ हजारमा संक्रमण, संक्रमित संख्या ६८ लाख नाघ्यो

समाचार

भारतमा पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७८ हजार ८०९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *