कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुई जना गम्भिर घाइते

समाचार

काठमाडौ । उदयपुरको सिद्धिचरण लोकमार्गमा भएको कन्टेनर दुर्घटनामा २ जनाको घटनास्थलमै निधन भएको छ । घटनामा २ जना घाइते भएका छन् । कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना भएको हो ।
ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना।५।ख। नम्बरको खाली कन्टेनर दुर्घटनामा परेको हो । कटारी नगरपालिका( ८ सिरिसेस्थित सानादमारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कटारी नपा( ८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको निधन भएको हो ।
दुर्घटनामा अन्य दुई गम्भीर घाइते भएका छन् । गम्भिर घाइेत हुनेमा चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेल रहेको प्रहरीको भनाई छ । उनीहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
उनीहरुको टाउको गम्भीर चोट लागेको रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर राजकुमार गजमेरले बताए। उनीहरुको अवस्था अझै खतरा रहेको जनाइएको छ।
प्रहरीका अनुसार गाडी सडकबाट सात मिटर तल खसेको छ। घटना के कारण भयो भन्ने एकिन नभएपनि साँघुरो सडकमा सवारीसाधन तिव्रगतिमा गुडेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *