१६ वर्षिया यि किशोरीलाई एक दिनका लागि प्रधानमन्त्री बनाइयो

समाचार

काठमाडौ । हामीले भारतीय फिल्ममा हेरेका थियौं नायक अनिल कपुर एक दिनका लागि प्रधानमन्त्री बनेका थिए । उनले एक दिनमा ल्याएको परिवर्तन चमत्कार समान थियो । तर फिनल्याण्डमा एक किशोरी पनि एक दिनका लागि प्रधानमन्त्री बनेकी छिन् । तर यो फिल्मको कथा होइन । उनी वास्तवमै एक दिनको लागि प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि एक १६ वर्षिया किशोरीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् ।
बुधबार प्रधानमन्त्री बनेकी ती किशोरी दक्षिणी फिनल्याण्डकी आभा मुर्तो हुन् । उनी जलवायु परिवर्तन र मानव अधिकारसँग सम्बन्धित मुद्यामा पाइला चाल्ने एक सक्रिय अभियन्ताका रुपमा परिचित छन् । उनले बुधबार विदेश तथा विकाश व्यापारकालागि विभिन्न सासंद तथा मन्त्रीहरुसँग छलफल गरेकी थिइन्। आभाले प्रधानमन्त्री पदभार गरेको दिन निकै रोमांचक रहेको अन्तरराष्ट्रिय संचारमाध्यमसँग बताइन् ।
महिलाहरुको अधिकार प्रर्वद्धन गर्नकालागि फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एक दिनकालागि सो पद हस्तान्तरण गरेकी हुन् । एक दिनकोलागि प्रधानममन्त्री नामक सो कदम अन्तरराष्ट्रिय बालबालिकाको अधिकार च्यारटि योजनाको गल्र्स टेकओभर अभियानको एक हिस्सा हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *