समस्यामा परेकी छोरी सारालाई एक्लै छोडे भन्ने आरोप लागेपछि सैफ अलि खानले दिए यस्तो जवाफ

समाचार

काठमाडौ । बलिउड अभिनेत्री सारा अलि खान अहिले समस्यामा परेकी छन् । सुशान्त सिंह राजपुतको निधनलाई ड्र ग्स कनेक्सनसंग जोडेर अनुसन्धान थालेको प्रहरीले सारालाई पनि वयानका लागि बोलाएपछि भारतीय मिडियामा अनेक अड्कलवाजी गर्दै समाचार आए । उनी करिनासंग विवाह गरेको भएपनि आफ्नो पहिलो श्रीमतीवाट जन्मिएका छोराछोरीलाई पनि उत्तिकै समय दिन्छन् । तैमुरलाई जस्तै उनले सारा अली खान र इब्राहिमसँग पनि धेरै समय बिताउने गर्छन् ।

तर सारा ड्र ग्स सम्बन्धी विवादमा परेपछि सैफले सहयोग गरेका छैनन् भन्ने समाचार भारतीय मिडियामा आएको थियो । उनले त्यस्तो आरोपको खण्डन गरेका छन् । बलिउड हंगामालाई दिएको अन्तरवार्तामा उनले भने, ‘म सधैं उनीहरुको साथमा छु । म आफ्ना तीनै सन्तानलाई प्रेम गर्छु । यो साँचो हो कि म तैमुरसँग धेरै समय बिताउँछु तर म आफ्ना छोराछोरी इब्राहिम र सारासँग पनि लगातार सम्पर्कमा छु । मेरो मुटुमा मेरा तीन सन्तानका लागि छुट्टाछुट्टै स्थान छ । यदि म सारासँग केही कुराका लागि रिसाएको छु भने तैमुरले मलाई यसबारे राम्रो महसुस गराउन सक्दैन ।’

सैफले भने, ‘तपाईंसँग हरेक समय तपाईंको बच्चा हुन्छ जसलाई तपाईंले आफ्नो मुटुलाई विभाजित गर्नुहुन्छ । र उनीहरु सबै भिन्न उमेर समूहका छन् । मलाई लाग्छ मेरा तीनै सन्तानलाई भिन्न प्रकारको सामिप्यताको आवश्यकता छ । म सारा र इब्राहिमसँग फोनमा लामो च्याट वा डिनर गर्न सक्छु जुन म तैमुरसँग गर्न सक्दिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *