के हो एपेन्डिसाइटिस ?

समाचार

शरीरमा एपेन्डिक्स नामक एक अंग हुन्छ । अपेन्डिक्स एक पातलो र छोटो ट्युब हो जसको लम्बाइ लगभग २ देखि ३ इन्चको हुने गर्छ । सोही एपेन्डिक्समा हुने एक दुखाइलाई नै एपेन्डिसाइटिस भन्ने गरिन्छ ।

यो समस्याको सुरुवाती चरणमा पेटको बीच भागमा पटकपटक दुखाइ हुने गर्छ । केही घण्टामा नै पेटको दाहिने तल्लो भागतर्फ दुख्न थाल्छ । जहाँ एपेन्डिक्सको समस्या हुन्छ । त्यतिबेला पेटको दुखाइ गम्भीर बन्दै जान्छ । यस्तो दुखाइ हिँड्दा वा खोक्दा झनै बढी हुने गर्छ ।

एपेन्डिसाइटिसको बेलामा भोक कम लाग्ने, रातो आँखा हुने जस्ता समस्या देख्न सकिन्छ । एपेन्डिसाइटिस दुई प्रकारको हुन्छ ।

१ तीव्र वा एक्युट एपेन्डिसाइटिस

२ क्रोनिक वा स्थायी एपेन्डिसाइटिस

एक्युट एपेन्डिक्स तीव्र गतिमा विकास हुने गर्छ भने क्रोनिक एपेन्डिक्स लामो समयसम्म बनिरहन्छ । यदि कोही एपेन्डिक्सबाट ग्रस्त छ भने उसको पेटबाट जति सक्दो छिटो सर्जरी गरेर त्यसलाई निकालिदिनुपर्छ । यदि कुनै पनि व्यक्तिलाई एपेन्डिक्स हुने सम्भावना छ र त्यसको उपचार छैन भने त्यस्तो अवस्थामा अप्रेसनको विकल्प नभएको चिकित्सकहरू बताउँछन् ।

के हो एक्युट र क्रोनिक अपेन्डिसाइटिस ?

१. एक्युट एपेन्डिसाइटिस

एक्युट अर्थात् तीव्र । यसले आफ्नो नाम जस्तै शरीरमा तीव्र रूपमा विकास हुन्छ । सामान्यतया यो केही घण्टा वा दिनमा नै विकास हुने गर्छ । सामान्यतः यो केही घण्टा या केही दिनमा नै विकास हुने खालको हुन्छ । यसको तुरुन्त उपचारको लागि सर्जरीको आवश्यकता पर्छ ।

२ क्रोनिक एपेन्डिसाइटिस

यसमा दुखाइ लामो समयसम्म रहन्छ । एपेन्डिसाइटिसको मामलामा समग्र एपेन्डिसाइट्सको तुलनामा केवल १.५ प्रतिशतसम्म मात्रै हुने गर्छ । क्रोनिक एपेन्डिसाइटिस थोरै थोरै गरेर जम्मा हुने गर्छ । यही नै दुखाइको कारण बन्ने गर्छ ।

एपेन्डिसाइट्सका लक्षणहरू

यसको सुरुवाती संकेत र लक्षण अक्सर धेरै हल्का हुन्छ । जसमा पेटको समस्या, भोक कम लाग्नु आदि लक्षणहरू देख्ने गरिन्छ । त्यसपछि बिस्तारै यसको दुखाइ बढ्दै जान्छ ।

रोगीलाई दुखाइको यकिन ठाउँ बताउन नै मुस्किल हुन्छ ।

एपेन्डिसाइटिसका लक्षणहरूः

–नाभी वा पेटको माथिल्लो भागमा हल्का दुखाइ हुनु र त्यो बिस्तारै तल्लो भागको दायाँतर्फ दुखाइ बढ्दै जानु ।

–भोक नलाग्नु

–शरीरमा दुखाइ सुरु भएपछि वान्ता हुनु

–९९ देखि १०२ डिग्रीसम्मको ज्वरो

– पेटको माथिल्लो भाग र तल्लो हिस्सा या मलाशयमा हल्का या तीव्र दुखाइ हुनु

– पिसाब गर्न समस्या हुनु

– पेटमा ऐठन हुनु

एपेन्डिसाइटिसका कारणहरू

सामान्य हिसाबले बुझ्दा एपेन्डिक्स तब मात्रै विकास हुन्छ जतिबेला ‘सिकम’ नामक पेटभित्रको एउटा थैलीमा विकार भरिँदै जान्छ ।

एपेन्डिसाइटिसका धेरै कारणहरूले हुनसक्छ, यद्यपि केही विशेष रूपमा स्थापित गरिएको छैन । तीमध्ये केही कारण यस्ता छन् ।

–आन्द्रा रोग

–शरीरमा संक्रमण हुँदा सो थैलीको भित्तामा एक फुलेको भाग

–एपेन्डिसियल लुमेनमने क्लजिङ यस स्थितिलाई बढाउन सक्छ ।

–पेटमा हुने चोट पनि यसको कारण हो ।

एपेन्डिक्सबाट कसरी बच्ने ?

एपेन्डिक्सबाट बच्नका लागि नियमित स्वास्थ्य जाँचका अलावा कुनै पनि विकल्प छैन । यसकारण आफ्नो शरीरको सबै अंगको स्थिति पत्ता लगाउनको लागि यसको जाँच अनिवार्य हुने गर्छ ।

एपेन्डिसाइटिसको उपचार एक आपतकालीन चिकित्सा हो । यस्ता बिरामीले तत्काल प्रभावकारी उपचार पाएनन् भने रोगीको ज्यान नै जान सक्छ । त्यसैले यसको लागि प्राकृतिक उपचारमा भर पर्नु उपयुक्त हुँदैन । यद्यपि, असुविधाको क्षणमा केही उपचार पद्धति पनि काममा आउन सक्छ ।

यस्ता प्राकृतिक उपचार पद्धतिहरू एपेन्डिक्स तयार भइसकेपछि रोक्न भन्दा पनि यसको विकास प्रक्रियामा नै अवरोध सिर्जना गर्न बढी महत्वपूर्ण हुने गर्छ ।

जस्तो, अदुवा, लसुन, मेथीको दाना, ताजा निम्बु, तुलसी, तरकारीको जुस, पानी आदिको प्रयोगले एपेन्डिसाइटिसलाई न्यूनीकरणमा भूमिका खेल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *