‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’

समाचार

१ असोज, काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ ।

नयाँ नोट स्टकमा रहेको तर वितरण कुन तरिकाले गर्ने भन्ने निर्णय भने गर्न बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । यद्यपि विगतको जस्तै राष्ट्र बैंक अगाडि लाइन लगाएर दिने सम्भावना कम रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *