कोरोना भाइरस लागेर २ दिनमै निको हुने पहिलो व्यक्ति भए ट्रम्प, अस्पतालबाट निस्किएर शुरुमै पुगे समर्थकहरूमाझ

समाचार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को उपचार भइरहेको अस्पताल बाहिर निस्किए । आफूले आश्चर्यजनक भ्रमण गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै निस्किएका थिए ।

उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन् । महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए । यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमबार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए । डा. सीन कोन्लीका अनुसार ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो । डा. कोन्लीले ट्रम्पलाई कम्तीमा एक पटक अक्सिजन दिइएको बताए ।

कोरोना लागेका ट्रम्पले आफ्ना अनुभव शेयर गरेका छन् । ट्वीटमा राष्ट्रपति ट्रम्पले आफुलाई कोरोना लागेर अस्पताल भर्ना हुँदाको समय र अहिले अस्पताल बाहिर आउँदाको समय भनेको आफ्नो निम्ति साँच्चिकै विद्यालय गए जस्तो भएको अनुभव शेयर गरेका छन् । उनले भनेका छन्,‘यो साँच्चिकै विद्यालय जस्तो छ । यो किताबहरूको विद्यालय होइन । मैले त्यो पाएँ र बुझेँ । साँच्चिकै चाखलाग्दो यसबारेमा तपाईँहरूलाई जानकारी गराउने छु ।’

ट्रम्प सङ्क्रमित भएको कुरा शुक्रवार सार्वजनिक गरिएको थियो जसले उनको चुनावी अभियानलाई अन्योलमा पारिदिएको थियो । उनले नोभेम्बर ३ तारिखमा हुने चुनावमा डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनको सामना गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *