सुनसरीको धरानका थप ६१ जनामा कोरोना संक्रमण

समाचार

सुनसरी- सुनसरीको धरान उपमहानगरपालिकाका ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुका आएको रिपोर्ट अनुसार उपमहानगरपालिकाका ७ कर्मचारीसहित ६१ जनामा कोरोना भएको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

संक्रमितहरूमध्ये उपमहानगरपालिकामा कार्यरत ईञ्जिनियर, आर्थिक विकास माहाशाखा, कृषि शाखा लगायतका ७ जना कर्मचारी रहेका छन्।

वडा नम्बर २ र १२ का जनप्रतिनिधिमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३६ पुरूष र २५ महिला छन् ।

६१ जना संक्रमित थपिएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको आज ट्रेसिङ गरिन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *