आफ्नै निवासमा मृत अवस्थामा फेला परिन् डीआईजीकी श्रीमती

समाचार

काठमाडौं । एक बरिष्ठ प्रहरी अधिकारीकी श्री’मतीले जी’वनत्या’ग गरेकी छिन् । शनिबार, डीआईजी चन्द्र प्रकाशकी पत्नीले भारत, उत्तर प्रदेशको राजधानी लखनऊमा जी’वनत्या’ग गरे’की हुन् । यस विषयमा अनुसन्धान भइरहेको छ । त्यहाँ कुनै नोट फेला नपरेको जनाइएको छ ।

प्रहरीका अनुसार डीआईजी चन्द्र प्रकाशकी ३६ वर्षीया श्रीमती पुष्पा प्रकाशले लखनऊको सुशान्त गोल्फ सिटी क्षेत्रमा उनको निवासमा जी’वनत्या’ग ग’रेकी हुन् । घटना शनिबार बिहान ११ः०० बजेतिर भएको थियो । केही व्यक्तिको सहयोगमा उनलाई अस्पताल लगियो ।

अस्पताल लगेपछि डाक्टरहरूले उनलाई मृत घोषित गरेका हुन् । प्रहरीले लाश नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मुख्यतयाः यस घटनालाई जी’वनत्या’ग’को रुपमा हेरिएको छ । प्रहरीले जी’वनत्या’गको कारण खोजि गर्न थालेको छ । घटनास्थलमा कुनै पनि नोट फेला नपरेका कारण प्रहरी संकटमा परेको छ ।

प्रहरी यस विषयको अनुसन्धानमा जुटेको छ । डीआईजी चन्द्र प्रकाशलाई पीटीएस उन्नाव जिल्लामा तैनाथ गरिएको छ । यसका साथै, चन्द्र प्रकाश हाथरस जिल्लाको चन्दपा कोतवाली क्षेत्रका युवतीमाथीको त्यो निन्दनीय कार्य र मृत्युको अनुसन्धान गर्न बनेको एसआईटीका सदस्यका रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *