भारतीय जंगलमा नेपाली महिलाको शव, डायरीमा भेटियो श्रीमानको नाम

समाचार

काठमाडौ । भारतीय जंगलमा नेपाली महिलाको शव फेला परेको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका क्षेत्रबाट ४ किलोमिटर भित्र भारततर्फ दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भारतीय प्रहरीले महिलाको शव फेला पारेको बताए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार महिलाको शव स’डे को अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो । महिलाको शव नजिकै एउटा डायरी पनि भेटिएको छ । उक्त डायरीमा कञ्चनपुरको साविकको परासन गाविस वडा नम्बर ३ ठेगना उल्लेख गरिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

डायरीमा आफ्नो नाम नरदेवी कठायत, श्रीमान राजेन्द्रसिह कठायत र बुवाको नाम कासी बोगटी लेखिएको पाईएकाले सोही अनुसार महिलाको पहिचानमा जुटेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *