पुण्य गौतम पक्राउ , कारण यस्तो छ ( भिडियो हेर्नुहोस् )

समाचार

काठमाडौं / भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिने पुण्य गौतम पक्राउ परेका छन् ।

गौतमले औपचारिक भ्रमणमा बुधबार मध्यान्ह नेपाल आउने नरवणेलाई कालो झण्डा देखाउने अभिव्यक्ति दिएका थिए ।

नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् । गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले बताए । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *