बलिउड गायिका नेहा लगनगाँठो कस्दै, यस्तो छ हल्दी समारोहको तस्वीर

समाचार

एजेन्सी/ बलिउडको प्रसिद्ध गायिका नेहा कक्कड़ भोलि अर्थात २३ अक्टोबर २०२० मा लगनगाँठो कस्दैछिन । नेहा कक्कर पछिल्ला दिनहरुमा उनको बिहे र सम्बन्धको बारेमा धेरै चर्चामा छिन् । हालसालै नेहा कक्कड़को मेहँदी र हल्दी समारोहका केही फोटोहरू पनि सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् । यस्तै अवस्थामा उनले हल्दी समारोहको पनि तस्वीरलाई आफ्नो ईन्स्टाग्राम एकाउन्टमा साझेदार गरेकी छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जुन उनीहरूका फ्यानहरूले पनि निकै मन परिरहेका छन् । नेहा कक्करको मेहंदी र हल्दी समारोहमा वास्तवमै भब्य देखिन्छ । हल्दीको तस्बिरमा टोनी कक्कड़, रोहनप्रीत सिंह र अन्य साथीहरू पनि नेहा कक्करसँगै देखिएका छन्, जहाँ सबैजना खुसिका साथ देखिएका थिए । पहेलो साडीमा हुनेवाला दुलाहासंग नेहा कक्करको लुक पनि धेरै आकर्षक देखिएको छ ।

फोटोमा नेहा एक शानदार स्टाइलमा पोज पनि गरिरहेकी छिन् । यस बाहेक नेहा कक्कड़को मेहंदी समारोहसँग सम्बन्धित तस्बिरहरूले पनि मिडियामा धेरै हेडलाइन्स बनिरहेको देख्न सकिन्छ । केही पहिले प्रेम सम्बन्धलाई त्यागेका कक्कड आदित्य नारायण झा संगको बिवाहको कारण पनि एक समय खुबै चर्चामा आईन । तर, उक्त कार्य एक टिभी शोको लागि टिआरपी कमाउनको लागि मात्रै भएको थाहा पाउँदा उनका फ्यानहरु निराश भएका थिए । नेहालाई नव दाम्पत्य जिन्दगीको सुभकामना । तस्वीर नेहाको ईन्स्टाग्रामबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *