होसियारी नपुग्दा मोबाइल चार्जरबाट करे न्ट लागेर १४ वर्षीय राजुको मृ त्यु

समाचार

महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका–७ झिंगास्थान बस्ने सुरेन्द्र सहनीको १४ वर्षीय छोरा राजु सहनीको करेन्ट लागेर मृ त्यु भएको छ ।

विद्युतीय प्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृ त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । बजारमा पाइनी विद्युती प्लग अत्यन्तै जोखिमका छन् ।

कमसल मुल्यका प्लग बेचिरहेका छन् । उक्त प्लगपनि बाहिरसम्म करेन्ट प्रवाह हुने खालको भेटिएको छ । प्लगबाट करेन्ट बाहिर प्रवाहहुँदा चार्जर जोड्ने क्रममा उनलाई करेन्ट लाग्यो । पैतालामा केही लगाएका थिएनन् । करेन्ट अर्थिङ सहितको भएकाले उनलाई क्षति भयो ।

यदि खुट्टामा चप्पल वा केही लगाएका थिए भने यस्तो हुने थिएन । सबैले जान्नुपर्ने के छ भने सिंगल प्लस (पोजेटिभ) करेन्ट शरीरमा प्रवाह भयो र शरीर अरु कुरामा छोइएको छ भने त्यहाँ माइनस (नेगेटिभ) को काम गर्छ । प्लस, माइनस नै टच भएको खण्डमा करेन्टले ठूलो क्षति गर्छ ।

तर पोजेटिभ मात्र करेन्ट प्रवाह भयो नेगेटिभ प्राप्त गर्ने स्रोत कहि भटेन भने त्यती ठूलो क्षति नहुन सक्छ । यसैले विद्युतीय सामान करेन्टमा जोड्नु भन्दा पहिले आफ्नो शरीर अरु भागमा छोएको छ की छैन ख्याल गर्नुहोला ।

यस्तो अवस्थामा खुट्टामा चप्पल वा त्यस्तै केही लगाउँने र सिधा उभिएर जोड्न सक्नुहुन्छ । चप्पल लगायतका बस्तुले करेन्ट प्रवाहलाई रोक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *