हेलमेटमा लुका’एर भारत’बाट ल्याए यस्तो चिज, देखेर प्रहरी नै च’कित

समाचार

भारतीय सिमाबाट सामान ल्याउने नयाँ नयाँ तरीका अपनाइन्छन् । सिमानामा खटिएका सुरक्षाकर्मी चनाखो हुँदा उनीहरु बेला बखत पक्राउ समेत पर्ने गर्छन् । खुला सिमा हुनाले सामान यता यता गर्न यसमा संलग्नहरुलाई थप सहज हुने गरेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस्तै घटना रौतहटमा भएको छ । जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित एक जनालाई पक्राउ गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–७ का २० वर्षीय दीपक पटेलको हेलमेटबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–७ स्थित सडकमा सवारी साधन तथा पैदल यात्रीहलाई चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले हेलमेटभित्र रु१ हजार दरका नोटको आठ वटा र रु ५०० दरका नोटको चारवटा गड्डी राखेका थिए । प्रहरीले उनलाई मोटरसाइकलसहित लिएर अनुसन्धान थालेको जनाएको छ ।

गएको १५ असोजमा पनि रौतहट प्रहरीले रु.१५ लाखसहित एक जनालाई पक्राउ गरेको थियो । गौर नगरपालिका–२ महादेवपट्टिस्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक भारतीय पैदल यात्रीबाट प्रहरीले उक्त रकम बरामद गरेको थियो ।

कोरोनाभाइरस रोकथामका लागि भारतसँगको सीमानाका बन्द भए पनि नेपाल–भारत आवागमन भइरहेको छ । नेपालबाट भारततिर सामान किन्न जानेको संख्या ठूलो छ। तस्वीर सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *