गण्डकी प्रदेशमा कोरोना’बाट हाल’सम्म ५० जनाको मृ’त्यु

समाचार

गण्डकी प्रदेशमा कोरोना सङ्क्र’मणका कारण हालसम्म ५० जना’को मृ’त्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन्।

गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्र’मण पुष्टि भएको छ।

प्रदेशमा कोरोना सङ्क्र’मितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए। प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परी’क्षण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *