दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म ‘लकडाउन’ गरिने

समाचार

झापा-झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म ‘लकडाउन’ गरिने भएको छ । कोरोनाको बढ्दो संक्रमणको जोखिम कम गर्नका लागी जिल्ला प्रशासन झापाले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६९३० बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।

यो व्यवस्था आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिनसम्म लागू हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *