होन्डाले भित्रायो साढे ३४ लाख मूल्य पर्ने यो मोटरसाइकल, स्पिड प्रतिघन्टा…

समाचार

काठमाडौं, नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होण्डा सीबीआर ६०० आरआरलाई नेपाली बजारमा भित्राएको छ ।कम्पनीका अनुसार स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स र फिचरहरुले सबैलाई आकर्षित गर्नेछ ।४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सीबीआर ६०० आरआरमा ५९९ सीसीको इञ्जिन क्षमता रहेको छ। ६ स्पिड गियरबक्स गरेको यस बाइकको टप स्पिड २५० किमि प्रतिघण्टा रहेको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्नेछ । सुपर बाइकहरुको भिडमा एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *