आज घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

समाचार

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइत्बार सुनको मूल्य घटेको छ।आज छावापाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९४ हजार २ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कोरोबार भइरहेको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *