भोलिदेखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

समाचार

ललितपुर । ललितपुरमा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगित गरिने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी), सबै सरोकारवाला निकायसँगको छलफल, परामर्श एवं निष्कर्षका आधारमा अनिश्चितकालका लागि सार्वजनिक सेवा प्रवाह स्थगित गर्ने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार शुक्रबार सूचना जारी गर्दै कोभिड १९ को संक्रमण दर अत्यधिक बढिरहेकोले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालहरुमा भीडभाड भइ सेवाग्राहीमा संक्रमणले भयावह रुप लिन सक्ने भन्दै कात्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यकबाहेक सेवाप्रवाह स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *