हार्दिक बधाई ! सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल उ’त्कृष्ट अनुसन्धानकर्ता

समाचार

जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार हात पारेका छन् । प्रहरी दिवसको अवसरमा खनालले उक्त पुरस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले उक्त पुरस्कार प्रदान गरेको हो । प्रहरी प्रधान कार्यालयले खनाललाई पेशागत मर्यादालाई आत्मसाथ गर्दै अपराधरहित समाज निर्माणको लक्ष्यमा कुशल व्यवसायिक क्षमताको प्रर्दशन गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त सम्मान दिएको हो । *** यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल थिच्नुहोस्***

खनाल सुनसरी प्रहरीको कुशल प्रहरी निरीक्षकका रुपमा हेरिन्छन् । उनी जिल्लामा घटित विभिन्न घटनाको सूक्ष्म अनुसन्धानमा अनुसन्धानकर्ताका रुपमा खटिदै आएका कुशल प्रहरी अधिकृत हुन् ।

यो पनि पढ्नुहोस् ,मोरङ- प्रदेश १ सरकारले कानेपोखरी गाउँपालिकालाई बारूण यन्त्र र प्रहरी चौकीलाई भेन उपलब्ध गराएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको प्रहरी भेन गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले रमाइलो प्रहरी चौकीका असई लाक्पा शेर्पालाई हस्तान्तरण गरे ।
भेनको इन्धन र मर्मत खर्च सबै गाउँपालिकाले गर्ने बताउँदै काफ्लेले दुरुपयोग नगरी काम गर्न प्रहरीलाई आग्रह गरे ।

प्रहरीलाई प्रदेश १–२, ००१ झ ०७२४ नम्बरको ५७ लाख ११ हजार ५ सय पर्ने टाटा कम्पनीको प्रहरी भेनको चाबी र ब्लुबुक उनले हस्तान्तरण गरेका थिए । प्रहरी चौकीमा अहिले १ जना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान रहेको छ ।

यस्तै प्रदेश सरकारले गाउँपालिकालाई बारण यन्त्र पनि उपलब्ध गराएको छ । आगलागीका घटना बढी हुने गरे पनि कानेपोखरीमा बारूणयन्त्र नहुँदा समस्या हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *