पोखरामा बेखर्ची भएका पारसले जव म्यानेजरलाई मु क्का ब’र्सा’ए….

समाचार

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झ’स्का’यो, तब उनी स्त’व्ध भए । प्रभाकरले सोचेका थिएनन्, पारस अहिले पनि कोहीमाथि जा’इ’लाग्छन् ।

घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भनेअनुसार पारसले त्यसै गरे । पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुनाउनेबित्तिकै यताबाट प्रभाकरले भने, ‘सरकार फिस्टेल लजमा सवारी होस्, मैले त्यहाँ भनिदिएको छु ।’

फोनमा यति–उति पैसा भन्ने तय भएको थिएन, पारसले पनि सोधेनन् । सीधै लेकसाइडस्थित फिस्टेल लजको काउन्टरमा पुगे । त्यहाँ थिए, म्यानेजर । पारसलाई देख्नेबित्तिकै उनले एउटा कागजमा बे’रे’र राखिएको मु’ठो दिए ।

पारसले कागज खोलेर हेरे, एक–एक लाखको दुईवटा गड्डी देख्नासाथ मुख बिगारे । अनि, आफूमाथि अ’प’मा’न भएको भन्दै म्यानेजरलाई मु क्का ब’र्सा’उन थाले । उनको नाकबाट र ग त बग्यो । पारस पैसा त्यहीँ फ्याँ’के’र निस्किए । अनि, म्यानेजरले प्रभाकरलाई फोनमा यस्तो घटना सुनाए । सुन्नासाथ प्रभाकरले मुख बिगारे, तर जवाफ दिएनन् । किनभने, उनले फोन रिसिभ गरिरहँदा अगाडि पञ्चायतकालिन दुई जना मन्त्री थिए । त्यसपछि प्रभाकर केही पर, एकान्तमा पुगे ।

लगभग १०–१५ मीनेट कोहीसँग फोनमा कुरा गरेर साथीहरू भएको ठाउँमा फर्किए । त्यसबेलासम्म पनि उनको अनुहार राम्रोसँग खुल्न सकेको थिएन । त्यहाँ बस्नेहरूको अनुमान थियो– कि त प्रभाकरले ज्ञानेन्द्रलाई फोन गरेर पारसको ह’र्क’तबारे सुनाए । कि, फेरि फिस्टेलमा फोन गरेर पारसले भनेजति पैसा दिन लगाए । जनआस्था साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *