नेपाली चलचित्र इतिहासमै बन्यो सबैभन्दा छोटो फिल्म ‘श्री’, जम्मा ७२ मिनेट छ !

मनोरञ्जन

काठमाडौ । नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समयमा बनेको फिल्म हो ‘श्री’ । यो जम्मा ७२ मिनेट बनेको छ । फिल्म ‘श्री’ लाई फिचर फिल्म बताईएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् ।

फिल्म फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ एउटै लोकेशनमा जम्मा ७२ घण्टामा फिल्मको सुटिङ सकिएको हो ।सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्की लगायतको फिल्ममा अभिनय रहेको छ ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन्, भने यम बराल, सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा रहेका छन् ।

बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको निर्देशक बोहोराले बताए । शेरबहादुर तामाङको छायाँकन, सुजन बडालको सम्पादन रहेको फिल्म दुई घण्टा अवधिको रहेको छ । फिल्म हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना निर्माण युनिटको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *