अनुहारको छाला चम्काउन प्रयोग गर्नुहोस् यी ३ मध्ये कुनै एक घरेलु औष’धि

स्वास्थ्य

काठमाडौँ । भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ। भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ।

जान्नुहोस् यी ३ उपायः

१) मह र टमाटरको प्याक
मह र टमाटरले अनुहारमा आउने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ । यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने । १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने।

महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ। जसले अनुहारलाई दागरहित बनाउँछ । यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ। टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ। पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ।

२) मेवा र महको मास्क
यो मास्क अनुहारको सुख्खापन हटाउन सहयोगी मानिन्छ । यसले अनुहारको छालालाई कोमल बनाउँछ। यसका लागि आधा कप पिसेको मेवामा २ चम्चा दूध र १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउनुस्।त्यसपछि १५ मिनेटका लागि सुक्न दिनुस्। मेवामा सक्रिय एन्जाइम पाइन्छ जुन एन्टिफङ्गल गुणले भरिएको हुन्छ। यसले अनुहारको मरेको छाला बाहिर निकाल्ने र अनुहारमा हाइड्रेट गर्ने, छालामा रंग समेत दिन्छ।

३) घ्युकुमारी र काक्रोको प्याक
घ्युकुमारी र काक्रो दुवैले अनुहारलाई हाइड्रेट गर्छ। अनुहारको छालालाई चम्किलो बनाउन र सफा छालाको लागि यो निकै मद्दतगार हुन्छ। यसका लागि काक्रोको रस निकाल्ने र २ चिया चम्चा घ्युकुमारीको जेल मिसाउने र यसलाई अनुहारमा सुक्न दिने।

१५ मिनेटपछि चिसो पानीले पखाल्ने। अनुहारको छालाका लागि घ्युकुमारी निकै फाइदाजनक हुन्छ। घ्युकुमारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, खनिज, एमिनो एसिड हुन्छ। जसले सनबर्न, अनुहारमा आउने दाना र चायाँपोतो हटाउन मद्दत गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *