नसो`च्ने दरमा ह्वा`त्तै ब ढ्यो तरकारीको मू`ल्य। यति सम्म महँ`गो अहिले सम्म भएको थिएन !

समाचार

काठमाडौँ, २९ असोज । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहर बीच नै चाड पर्व समेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइ हाल्दा पनि अत्यधिक महँगीको मारमा छन् । कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा कि`न्न बा`ध्य भएको बताउनु भयो । आलु मात्र होइन अरू तरकारी पनि छोइसक्नु छैन ।

यस्तै भइरहने हो भने दशैँमा समेत सर्व`साधारणको भान्सामा तरकारी पाक्न गा`ह्रो हुने रिजालले गुनासो गर्नुभयो । व्यापारी भने अहिले कोरोनाका कारण आलु उत्पादन नै कम भएको र भएका ठाउँमा पनि किसानले महँगो भन्ने गरेकाले महँ गिएको दाबी गर्छन् । कालीमाटी फलफूल तथा तरकारी व्यापारिक संस्थाका अध्यक्ष एवं थोक व्यापारी गीता प्रसाद आचा`र्यले आलुको पकेट क्षेत्र पाँचखालमा यो वर्ष वर्षाले गर्दा उत्पादन ढिला हुने हुँदा यसको मार उपभोक्तामा परेको बताउनुभयो ।

पाँचखालको आलु उत्पादन भएर बजारमा आउन अझै एक महिना लाग्ने भएकाले आलुको भाउ अझै महँगो हुनसक्ने उहाँको भनाइ छ ।आचार्यका अनुसार हरियो तरकारी पनि गत वर्षभन्दा महँगिएको छ । काली माटीमा आउने तरकारी गोल भेँडा, स्थानीय काउली, मूला तराई हुँदै भारतसमेत निर्यात भएको र त्यसले गर्दा तरकारीको मू`ल्य बढेको उहाँको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा तरकारीको आगमन विगतभन्दा झन्डै आधा कम भएकाले भाउ महँगो भएको हो ।

समितिका अनुसार गत वर्ष यही बेलामा दैनिक ७५० देखि ८०० टन तरकारी आउने गरेकामा अहिले दैनिक ३४० देखि ४५० टनसम्म तरकारी आएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले मागअनुसार आ`पूर्ति नभएपछि भाउ बढेको बताउनुभयो । विशेष गरी आलु, गोलभेँडा, स्थानीय काउली, घिउ सिमी, लौका लगायतका तरकारीको भाउ महँगि`एको छ ।

समितिका अनुसार गत वर्ष यतिबेला प्रतिकेजी ३३ देखि ३५ रुपियाँमा पाइने गोलभेँडा अहिले बढेर ६५ देखि ७५ रुपियाँ थोकमै पुगेको छ । काउली, मूला, घिउ सिमी लगायतका तरकारी पनि गत वर्ष भन्दा ३५ देखि ४५ प्रतिशत सम्म बढेको समितिले जनाएको छ । समितिका अनुसार कागती भने गत वर्ष प्रतिकेजी २६५ रुपियाँ रहेकामा यो वर्ष घटेर १५५ रुपियाँ भएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *