वीरगन्ज मालपोतमा छापा, ६ जना कर्मचारी र कागजात नियन्त्रणमा

समाचार

कार्यालय समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताले मालपोत कार्यालय पर्सामा छापामारी गरेको छ ।
कार्यालयको निर्धारित समय सकिए पनि केही बाहिरी व्यक्तिको उपस्थितिमा कार्यालय सञ्चालन गरेर गैरकानुनी ढंगबाट अवैध काम गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज मालपोत कार्यालयमा छापामारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद पाैडेलको नेतृत्वमा बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेशराज पुरी सहित गएको टोलीले कार्यालयमा छापामारी गरेको हो ।
टोलीले कार्यालका प्रमुख सुमन झा सहित ६ जना कर्मचारी र ८ जना अन्य बाहिरियालाई कार्यालयमै नियन्त्रणमा लिएको हाे । कर्मचारीहरुकाे खानतलासी गर्दा ११ हजार नगद समेत फेला परेकाे छ ।

उनीहरुलाई पक्राउ गरेर वडा प्रहरी कार्यालय विर्तामा राखिएको श्रोतले जानकारी दिएको छ । छापामारी गर्ने टोलीले कार्यालयबाट केही कागजातहरू समेत जफत गरेको छ ।
राति ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टेलीले कार्यलय प्रमुख सहित कर्मचारी सँग सनाखत गराएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *