सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ जना घाइते

समाचार

काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा एलपी ग्यासको सिलिण्डर विस्फोट हुँदा *११ जना घाइते भएका छन् । स्थानीय निलकुमारी क्षेत्रीकाे घरमा सिलिन्डर विस्फाेट भएकाे काठमाडाैं प्रहरी परिसरका प्रवक्ता एसपी साेमेन्द्रसिंह राठाेरले बताए ।

विस्फाेटबाट वरिपरिका १० वटा घरमा क्षति पुगेकाे छ ।

घाइतेहरू लैनचाैरस्थित मनमाेहन अस्पताल र बालाजुस्थित पिपुल्स अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेमध्ये तीन जनाकाे अवस्था चिन्ताजनक छ । कुन सिलिन्डर के कारणले विस्फाेट भयाे भन्नेबारे अनुसन्धान भइरहेकाे एसपी राठाेरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *