स्वास्थ्यकर्मीको तलब बैंकमार्फत भुक्तानी गरेमात्रै स्वास्थ्य संस्था नवीकरण हुने

समाचार

नर्सहरूको तलबभत्ता अनिवार्य रूपमा बैंकमार्फत भुक्तानी गर्न सरकारले सबै निजी तथा सामुदायिक अस्पताललाई निर्देशन दिएको छ ।

नीजि अस्पतालहरुले स्वास्थ्यकर्मीको सेवा सुविधा कमजोर रहेको भन्ने गुनासो आइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरूलाई तलबभत्ता बैंकमार्फत गर्न निर्देशन दिएको हो ।

बैंकमार्फत नर्सको तलबभत्ता भुक्तानी नगर्ने अस्पतालको नवीकरण नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार अस्पताल सञ्चालन स्वीकृति तथा नवीकरण गर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

निजी तथा गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले न्यून तलबमा काम गर्नुपरेको, अस्पतालले तलबमा शोषण गरेको, समयमा तलब नदिएको भन्दै नर्सिङ संघले यी समस्या समाधानका लागि मन्त्रालयमा पत्र पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *