२१ वर्षीय दिनेश साउदको करेन्ट लागेर निधन

समाचार

कञ्चनपुर, २८ असोज – बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउदको मङ्गलबार करेन्ट लागेर निधन भएको छ । पसलमा काम गर्दै गरेका बेला साउदलाई करेन्ट लागेको हो । करेन्ट लागेर बेहोस भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पु¥याइए पनि उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ ।

यो पनि , बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको निधन , रुपन्देही । यहाँ छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर निधन भएको छ । सियारी गाउँपालिका–१ नागथानका ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा बिहान ११ः५० बजे उहाँलाई करेन्ट लागेको थियो । यस्तै बुटवल उपमहानगर पालिका–३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गको नालीमा बिहान बेवारिसे शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणका राखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *