आज पृथ्वीका लागि दुर्लभ दिन : मंगल ग्रह अत्यन्तै नजिक आउँने, कस्तो हुन्छ यो क्षण ?

समाचार

काठमाडौ । आज अक्टोबर १३ तारिखका दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलविद्ले बताएका छन्। नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुनेछन्।
यसको अर्थ यी तीनवटा ग्रह १८० डिग्री कोणमा रहनेछन्। यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिन्छ। तर राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

खगोलविद्का अनुसार यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा हुन्छ। यसर्थ अब २०२२ डिसेम्बरयता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन्।
पृथ्वी र मंगल ग्रहबीचको दूरीमा यस्तो परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ। अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *