सलमान खानका बडिगार्डकाे तलब सुन्दै परिन्छ चकित

समाचार

बलिउडका चर्चित नायक सलमान खान हुन् । उनकाे चर्चा बलिउडमा मात्र नभइ बिश्वभर रहेकाे छ । यसैक्रममा उनका बडीगार्ड शेरा पनि निकै चर्चित छन्। तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ ।

शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । शेराको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो । शेराले सन् १९८७ मा मिस्टर मुम्बई जुनियर जितेका थिए । त्यसको अर्को वर्ष उनले मिस्टर महाराष्ट्र जुनियर प्रतियोगितामा भाग लिएका थिए ।

शेराको मासिक तलब १६ लाख भारुभन्दा बढी**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शेराको भेट सलमान खानसँग सन् १९९५ मा भएको थियो, त्यतिबेलादेखि उनी सलमानको छायाजस्तै सधैं सँगै हुन्छन् । सलमान आफ्नो सुरक्षाका लागि शेरालाई वार्षिक २ करोड बढी रकम दिन्छन् । अर्थात्, शेराको मासिक तलब १६ लाख भारुभन्दा बढी रहेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ।

शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रिटीलाई सुरक्षा प्रदान गर्ने गर्छ । शेरा अब सलमानको परिवारको सदस्यजस्तै भइसकेका छन् । उनले आफ्नो जीवनको अन्त्यसम्मै आफू भाइसँग नै रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *