सुनसरीका संक्रमितको विराटनगरमा मृत्यु

समाचार

सुनसरीका एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार बिहान ६:५० बजेतिर मृत्यु भएको हो ।
उनको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आइतबार साँझ नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक पुरूषमा मृगौला सम्बन्धी पूरानै समस्या पनि रहेको दाहालले जानकारी दिए ।
योसँगै नोबेल अस्पतालमा हालसम्म नौ संक्रमितको मृत्यु भएको दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *