६० वर्षकी बेहुली २० वर्षका बेहुला, मिसकलले जुराएको हो यो विवाह

समाचार

काठमाडौं । नेपाली संस्कारमा वेहुला र वेहुलीको उमेरको धेरै अन्तर हुँदैन । प्राय वेहुलीको उमेर सानो हुन्छ । पछिल्लो समयमा भने उमेरको खासै महत्व राखिदैन । बढी उमेरको युवतीसंग पनि विवाह गर्ने थालनी भएको छ । तर त्यो प्राय प्रेम विवाहमा हुन्छ । तर कहिले काँही यस्तो पनि हुन्छ जुन कुरा विश्वास गर्न पनि मु’स्किल पर्छ ।

विवाहमा ५, ७ वा १० वर्ष सम्मकै भिन्नतालाई सामान्य मानिन्छ । तर एउटाको उमेर भन्दा अर्काको उमेर झण्डै तीहाइले बढी भयो भने के होला ? त्यो पनि बेहुलीको । तर प्रेम अन्धो हुन्छ भनेजस्तै यहाँ त्यस्तै भएको छ ।

सुन्दै पत्यार नलाग्ने यस बिवाहमा बेहुला बेहुली बिचको उमेर भिन्नता ४० बर्षको छ । र अझ रोचक त के छ भने बेहुला २० बर्षका छन् भने बेहुली ६० बर्षकी । उनीहरुले एक अर्कालाई यति माया गर्छन की यो उमेरले पनि छेकेन ।

यो भारतको उत्तर प्रदेशको मु’रादाबाद जिल्लाको रामपुर शहर, सैदनगर गाउँमा भएको घ’टना हो । एक ६० वर्षकी महिलाले २० वर्षका युवकसंग धुमधामले विवाह गरेकी छन् ।

खासमा दुई बर्षअघि यि युवाले गल्तीले एक नम्बरमा कल गरेका थिए । उनले फोन डायल गर्दा गर्दै गलत नम्बरमा डायर गरे भन्ने थाहा पाए अनि क्यान्सिल गरे । उता महिलाले भने मिसकल आएको थाहा पाइन् । उनले फोन फर्काइन् । मिसकलवाट सुरु भएको उनीहरुको मित्रता घनिष्ट हुन थाल्यो । फोनमै उनीहरुले संगै बाँच्ने कसम खाए ।

अहिले यस विवाहको चर्चा आसपासका गाउँ मात्र नभई विश्वभर फैलिएको छ । बेहुला भारत हरदोईका निवासी हुन् । यि दुबैको भेट मिस्डकलबाट शुरुवात भएको थियो ।

खासमा दुई बर्षअघि यि युवाले गल्तीले एक नम्बरमा कल गरेका थिए । उनले फोन डायल गर्दा गर्दै गलत नम्बरमा डायर गरे भन्ने थाहा पाए अनि क्यान्सिल गरे । उता महिलाले भने मिसकल आएको थाहा पाइन् । उनले फोन फर्काइन् । मिसकलवाट सुरु भएको उनीहरुको मित्रता घनिष्ट हुन थाल्यो । फोनमै उनीहरुले संगै बाँच्ने कसम खाए ।

करिब १२ बिघाकी धनि ती महिलाको पतिको केहि बर्षअघि निधन भइसकेको छ । उनकी विवाह भइसकेकी छोरी पनि छन् । आमाले २० वर्षका उमेरका युवासंग विवाह गर्न लागेको थाहा पाएर छोरीले निकै विरोध गरिन् ।

यो बिषय प्रहरीकोमा समेत पुग्यो । तर महिला र युवकले विवाहमा दुबै पक्षको मञ्जुरी भएको बताएपछि प्रहरीले उनीहरुलाई कारबाही गर्न सकेन । उनीहरुले धुमधामले विवाह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *