अब सकियो कोरोनाको त्रास, पहिलो सफल परीक्षण भएको खोपले ९० प्रतिशत सुरक्षा दियो

समाचार स्वास्थ्य

बीबीसी । अब कोरोना भाइरस (कोभिड–१९) को त्रास लगभग सकिने संकेत मिलेको छ । यो सन्देश बीबीसीले ब्रेकिङ्ग न्यूजको रुपमा प्रशारण गरिरहेको छ । पहिलो सफल कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोपले ९० प्रतिशत सुरक्षा प्रदान गरेको निश्कर्षसँगै अब कोरोनाको त्रास समाप्त हुने संकेत देखिएको सन्देश अहिले बीबीसी मार्फत संसारभरी फैलिएको हो । यो प्रारम्भिक विश्लेषण भएको उल्लेख गरिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

खोप विकासकर्ता फाइजर र बायोएनटेकले विश्व स्वास्थ्य तथा मानवताका लागि चाँडै नै अति नै खुशीको खबर दिन सक्षम हुने दावी गरेको हो । उसले अहिलेसम्मका सबै परीक्षण सफल भएको साथै मानिसलाई ९० प्रतिशत सुरक्षा दिन खोप सक्षम भएको दावी गरेको छ ।

यो खोप ६ वटा देशका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिएको थियो । परीक्षण गरिएका कसैमापनि कुनै साईड इफेक्ट समेत देखिएन । साथै उनीहरु मध्ये ९० प्रतिशतले पूर्ण रुपमा सुरक्षा पाइसकिएको देखिएको छ । अब यो खोप विश्वभरीका मानिसलाई निर्धक्कका साथ लगाउन सकिन्छ । कम्पनिको योजना छ की यही महिनाको अन्त्यतिर अब यो खोप प्रयोगका लागि आपातकालीन स्वीकृति लिन विश्वभरी आवेदन गरिनेछ । विश्वस्वास्थ्य संगठन र सम्बन्धित देशले स्वीकृत दिए लगत्तै त्यही दिनदेखि यो खोप विश्वभरी पुर्याउने लक्ष्य कम्पनीको छ ।

कम्पनीले दावी गरेको छ की यो खोप उपचारका साथ–साथ मानिसको जीवनमा सबैभन्दा अधिक प्रतिरोधी क्षमता विकास गर्ने र कोरोना लगायतका अन्य भाइरसलाई समेत सुरक्षा प्रदान गर्नेछ । कोरोना भाइरसका लागि भने ९० प्रतिशत नै सुरक्षा दिनेछ । यो प्रतिशत भनेको अहिलेसम्मकै अधिक हो ।

हुन त विश्वभरी परीक्षणको अन्तिम चरणमा रहेका दर्जनौँ खोप छन् तर यो अहिलेसम्म नै परिणम देखाउन सफल खोप भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रारम्भिक प्रतिक्रिया छ । कम्पनीले भनेको छ अब यो खोपको पूर्ण विश्वासका साथ प्रयोग गर्न सकिन्छ । यो खोपमा भाइरसको आनुवंशिक कोष केही हिस्सा समावेश गरिएको छ । ताकि यसले प्रतिरक्षा प्रणाली एकदम नै बलियो बनाओस् ।

मात्र दुई खुराक तीन सप्ताह भित्र लगाउनुपर्ने तय गरिएको छ । यसको परीक्षण अमेरिका, जर्मनी, ब्राजील, अर्जेण्टीना, दक्षिण अफ्रीका र तुर्कीमा ९० प्रतिशत सुरक्षा दोस्रो खुराकको सात दिनपछि हासिल गरिएको छ । कम्पनीले भनेको छ की यही बर्षको अन्त्यमा अर्थात अब मात्र १ महिनामा ५० मिलियन डोज तयार गर्न र सन् २०२१ को अन्तिमसम्ममा १ दशमलव ३ बिलियन आपूर्ति गर्न हामी सक्षम छौ ।

यसका लागि मात्र केही प्राविधि चुनौती छ । किनकी भ्याक्सिन माइनस ८० डिग्री भन्दापनि तलको चीसोमा भण्डारण गर्नुपर्नेछ । अर्को यो प्रतिरक्षा जीवनभर रहने हो वा क्षणिक हो भन्ने एकिन भएको छैन । किनकी परीक्षण गरिएकाहरुमा अहिलेसम्म सुरक्षा दिइरहेको छ । अब उनीहरुको जीवित उमेरसम्म हेर्दा मात्र यसले कतिसमय सम्म सुरक्षा दिन्छ भन्ने एकिन हुनेछ । तर चिन्ताको विषय यो भने हैन । यदि सुरक्षा दिन छोडेमा फेरी खोप लगाउन सकिन्छ ।

फाइजरका अध्यक्ष डा. अल्बर्ट बोरलाले भने अहिले हामी यत्ति भन्न सक्छौ यो विश्व महामारी अन्त्यका लागि अब हामीले महत्वपूर्ण सफलता प्रदान गरेका छौ । यो विश्वकै लागि खुशीको खबर हो ।

अब कोरोनासँगको त्रास सँधैका लागि विदा हुँदैछ । यो एक महत्वपूर्ण कदम हो । बायोएनटेकका संस्थापक मध्येका एक प्रोफेसर उगुर साहिनले यो उपलब्धी अहिलेसम्मकै ठूलो उचाई भएको दावी गरेका छन् । यहाँलाई जानकारी गराऔँ बेलायतले अहिले नै ३० मिलियन खुराक बुक गरिसकेको छ । News Source : BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *