रमेश प्रसाईंको नयाँ गीत सार्वजनिक (भिडियो हेर्नुहोस् )

समाचार

काठमाडौं २२ कार्तिक / समसामयिक बिषयमा आफ्ना विचार धारणा सामाजिक सञ्जालमा व्यक्त गरेर सबैको प्रिय बनेका प्रखरवक्ता पब्लिक स्पिकर बिजेेता रमेश प्रसाईंको स्वरमा फूल लाउला केसरी बोलको गीत सार्वजनिक भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

एक जमानामा सर्वाधिक लोकप्रिय बनेको यस गीतलाई सि के श्रेष्ठले शब्द संगीत गरेका हुन भने यश गीतलाई सुुरेश गन्धर्वले गाउनु भएको थियो ।

पुराना सर्जकलाई सम्मान स्वरुप यश गीतलाई रमेश प्रसाईंको स्वरमा पुन: रेकर्डिङ गरिएको हो । दिपक आचार्यको निर्देशनमा बनेको यस गीतको भिडियो सक्किगोनि सिरियलका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

पछिल्लोसमय रमेश प्रसाईं लाइभ दोहोरी गाएर चर्चाको शिखरमा छन् ।

लोकप्रिय कार्यक्रम इन्द्रेणीबमट प्रसाईंको दोहोरी सार्वजनिक भएको थियो । निकट भविष्यमै रमेश प्रसाईंले एक टेलिभिजन कार्यक्रम सञ्चालन गर्न लागेका छन् । उनी अहिले इन्द्रेणीमा आवद्ध छन् ।भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *