छोरी खोजिदिन आग्रह गर्दा महिला प्रहरीको जवाफ; ‘पोइ चाहिएर गई होली

समाचार

नवलपरासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ घिउडल्ला बाबुटोलकी पूजा भर एक महिनादेखि बेपत्ता छिन्‌। तर, छोरीको खोजी गरिदिन आग्रह गर्दा जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत एक महिला प्रहरीले आफूमाथि उल्टै दुर्व्यवहार गरेको पीडित आमा शिला भरले बताएकी छिन्‌।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

​छोरी हराएको निवेदन लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा महिला सेलमा कार्यरत एक महिला प्रहरीले आफूलाई दुर्व्यवहार गर्दै अपमानजनक शब्द प्रयोग गरेर उल्टै गाली गरेको उनी बताउँछिन्। ‘तेरा छोरीजस्ता त कति हराउँछन् हराउँछन्, तेरी छोरीलाई पोइ चाहिएर गई होला, किन खोज्नु पर्‍यो’ भनेर महिला प्रहरीले थर्काएको उनले बताइन्। ‘छोरी हराएर म पीडामा छु, न्याय खोज्न जाँदा मलाई नै थकाईयो, अब म प्रहरीबाट के आश गरूँ?’ आँसु धारा बगाउँदै शीलाले दुखेसो पोखिन्।

छोरी हराएको एक महिनाभन्दा बढी भैसकेको र प्रहरीमा निवेदन दिएको लामो समयसम्म कुनै जानकारी प्राप्त नहुनुले प्रहरीले पनि खासै चासो नदिएको शिलाको भनाई छ। उनले भनिन्‌, ‘म प्रहरी कार्यालयमा ६/७ पटक पुगिसकेँ, ४ दिन, ५ दिन, एक हप्तामा पत्ता लाग्छ भनेर फर्काउने गर्छन्।’ छोरी हराएपछि शिला भर अहिले रोएरै दिन कटाउ बाध्य छिन्। गत असोज ११ गते घरबाट विद्यालयमा पढ्न गएकी छोरी पूजा भर घर नफर्किएपछि त्यसयता उनका आँखा ओभाएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *