यसरी आईपुगे भारतीय सेनाध्यक्ष काठमाडौं(भिडियो)

समाचार

काठमाडौं : भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको बुधबार अवलोकन गरेका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि भारतीय सेनापति रनवणे बुधबार काठमाडौं आइपुगेका हुन्।

भारतीय सेनाध्यक्ष नरवणेका साथ उनकी पत्नी बिना पनि नेपाल आएकी छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बुधबार सेनापति नरवणे वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

भारतीय सेनाध्यक्ष नरवणेले बुधबार साँझ पशुपति क्षेत्र गई वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरे।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न आएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *