बलिउड अभिनेत्री काजलले गरिन् प्रेमीसंग बिवाह, बेहुली बन्दा यस्ती देखीईन्।

समाचार

एजेन्सी/ अभिनेत्री काजल अग्रवालले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरिन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् ।

सामाजिक सञ्जालमा केही दिनदेखि काजलको विवाहले चर्चा पाएको छ । काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ । उक्त तस्बिरमा काजलले रातो रङको लहेङ्गा लगाएकी छिन् ।

शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छिन् । यही महिनाको शुरुवातमा व्यवसायी गौतम किचलुसँग विवाहको बारेमा खुलासा गरेकी छिन् । काजलका मेहेन्दी र ब्याचलर पार्टीको तस्बिरहरु पनि सार्वजनिक भएको थियो । तस्वीर सामाजिक संजालबाट लिइएको हो ।

अभिनेत्री काजलले आफ्नो विबाह गौतम किचलूसंग हुँदै छ भन्ने कुराको बारेमा ६ अक्टूबरमा इंस्टाग्राम मार्फत सबैलाई जानकारी गराएकी थिईन् । कोरोनालाई मध्यनजर राख्दै काजल र गौतमको विबाह यतिबेला मुम्बईमा हुँदैछ । उनको यो विबाहमा केवल उनका परिवारका सदस्यहरु मात्रै उपस्थित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *