अमेरिकामा कलाकार सुशीला दाहालको निधन, तीन दिन अघि अस्ट्रेलियामा श्रीमानको मृत्यु

समाचार

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएकी कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण‍ बिहीबार ‘बस्टन’ मा निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिनुभयो ।

‘मह जोडी’ सँग उहाँको चर्चित टेलीश्रृंखला ‘लालपूर्जा’, ‘चिरञ्‍जीवी’, ‘भकुन्डे भुत’ लगायत रहेका छन् । आर्चायले भन्नुभयो, ‘हाम्रो हिट सिरियल लालपूर्जामा उहाँले मेरो आमाको भूमिका निभाउनु भएको थियो । चिरञ्‍जीवी भन्ने सिरियलमा मेरो छोरीको भूमिका निभाउनु भएको थियो । उहाँ असाध्यै मिलनसार हुनुहुन्थ्यो ।

सुटिङमा पनि सहयोगी भावना राख्नुहुन्थ्यो । एकदमै सकारात्मक सोचको व्यक्ति हुनुहुन्थ्यो । उहाँ मलाई भाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई पनि उहाँ आफ्नै दिदीजस्तो लाग्थ्यो । राम्रो अभिनय गर्ने कलाकारमा पर्नुहुन्थ्यो ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उहाँ अमेरिका बस्न थालेको ९–१० वर्ष भएको थियो । अमेरिकामा दुई पटक उहाँसँग हरिवंशको भेट भएको थियो । आर्चायका अनुसार चार वर्षअगाडि मात्रै अमेरिका गएको बेलामा भेट भएको थियो ।

अमेरिका जानुअघि सुशीलाले नेपाली फिल्ममा अभिनय गर्नुभएको थियो । उहाँको निधनको तीन दिनअघि श्रीमान् बद्री दाहालको पनि अस्ट्रेलियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । सुशीलाका एक छोरा र एक छोरी छन् ।

FacebookTwitterRedditShare via EmailPrint

Leave a Reply

Your email address will not be published. Required fields are marked *