साव धान ! माछा खान मन पर्छ ? माछामा ७ दिनसम्म बाँ च्दो रहेछ कोरो ना भा’इरस

समाचार स्वास्थ्य

अति संक्रामक को’रोनाभाइरस सतहमा कति धेरै समयसम्म रहनसक्छ भन्ने विषयमा भर्खरै हामीलाई थाहा हुन थालेको छ । त्यसैले हामीले हाम्रो घरको ढोकामा आउने हरेक पार्सल वा घरमा डेलिभरी हुने खाद्यान्नदेखि अन्य वस्तुहरुलाई छुनुअघि सेनिटाइज गर्छौँ ।

चिसो वा फ्रिज गरिएको खाद्यान्नको प्याकमा कति लामो समयसम्म कोभिड–१९ भाइरस बाँच्नसक्छ भन्नेबारे पनि भर्खरै जानकारी आउँदैछ । भर्खरै सार्वजनिक भएको नयाँ अनुसन्धानअनुसार सार्स–कोभ–२ चिसो स्याल्मन माछामा एक सातासम्म बाँच्नसक्छ र सायद, सं’क्रामक पनि हुनसक्छ । यसबारे धेरै प्रश्नको जवाफ भने अनुत्तरित छ ।

जस्तो – के माछा पकाउँदा भाइरस म’र्छ ? स्याल्मन माछामा मात्रै भा’इरस यति लामो समय रहन्छ वा अन्य माछा पनि रहन्छ ? यी प्रश्नहरुको स्पष्ट जवाफ नआएसम्म फ्रोजन फुडको सुरक्षा पाटो अस्पष्ट नै रहने जनस्वास्थ सम्बन्धी पोर्टल हेल्थ सट्स डटकमले जनाएको छ । साउथ चाइना एग्रिकल्चर विश्वविद्यालय र गोन्जओस्थित गुवान्गडोङ एकेडेमी अफ एग्रिकल्चर साईन्सेसको अनुसन्धानले यस तथ्यलाई उजागर गरेको हो ।

अनुसन्धानका क्रममा लिइएको स्याल्मोन माछाको नमूनाअनुसार ८ दिनसम्म ४ डिग्री सेल्सीयस तापक्रममा कोरोना भाइरस बाँचेको देखिएको थियो । झन्डै यही तापक्राममा राखेर माछाहरुको ओसारपसार गरिन्छ । गत जुनयता चिनियाँ अधिकारीहरुले आयातित मासु, प्याकेजिङ र कन्टेनरहरुलाई कोभिड–१९ को संभावित स्रोत मानेर अनुसन्धान गरिरहेका छन् ।

प्याकेजिङ गरिएका खाद्यान्नमा बारम्बार कि’टाणुको संकेत भेटिएपछि उनीहरुले यस्तो अनुसन्धान थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार ५ लाखभन्दा बढी नमूनाको परीक्षण गर्दा ६ वटा पोजेटिभ भेटिएका छन् । माछालाई डेलिभरीको समय शुन्यदेखि ४ डिग्री सेल्सियसमै राख्नुपर्छ भन्ने त्यस्तो केही नरहेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *