बिबाहको अन्तिम साँझ चर्कित गायिका नेहा कक्कडले दुनियाँको ध्यान खिचिन्

समाचार

काठमाडौं । लोकप्रिय गायिका नेहा कक्कडले राइजिङ्ग स्टार फेम गायक रोहन प्रीत सिंहसँग अक्टुबर २४ मा विवाह गर्न लागेकी छिन् । दुबैको विवाहमा केही घण्टा मात्र बाँकी छ, जस अघि विवाहको विशेष रीतिथिति सुरु भइसकेको छ ।

विवाह समारोहका केहि तस्वीरहरू अहिले बाहिर आएका छन् । ति तस्वीरहरुमा नेहा हातमा विवाहको मेहन्दी लगाएको अवस्थामा देखिएकी छिन् ।

नेहा कक्कड़ र रोहन प्रीत दिल्लीमा बिहे गर्न लागेका छन् । विवाहका लागि नेहाको सम्पूर्ण परिवार बिहीबार दिउँसो मुम्बईबाट दिल्ली पुगेको हो । दिल्ली पुग्ने बित्तिकै परिवारले हल्दी र मेहन्दीको रीतिथिति सुरू गरिसकेका छन ।

भर्खरै गायिकाको मेहन्दी समारोहका केहि तस्वीरहरू बाहिर आएका छन् । यी तस्बिरहरू नेहाको मेकअप कलाकार राजु मेहन्दी वालाले उनको सामाजिक सञ्जालबाट साझेदारी गरेका छन् । गायिकाले कालो रंगको टप लगाएर मेहन्दी लगाउँदा साधारण रुपमा देखा परेकी छिन् ।

विवाहको केही घण्टा अघिका गायिकाको मेहन्दी समारोह पछि, अब हल्दीको तस्वीर पनि बाहिर आएका छन् । यस समारोहमा सम्पूर्ण परिवार पहेलो पहिरनका साथ देखा परेका छन् । नेहाले हल्दीको समारोहमा पहेंलो सादा साडी लगाएकी छिन् ।

सुनौलो झुम्का र बाँधिएको कपाल गायिकाको सौन्दर्यता झन थप भएको छ । अर्कोतिर, दुलहा बनेका रोहन प्रीत सिंहले पहेंलो कुर्ता पजामाले सेतो पगडी बाँधेका छिन् । नेहाको परिवारभाइरल फोटोहरूमा धेरै रमाईलो गरिरहेको देख्न सकिन्छ । नेहा कक्कड अक्टुबर २४ मा विवाह बन्धनमा बाँधिन लागेकी छिन् ।

यस अघि उनले रोहन प्रीतलाई अक्टोबर २० मा भेटेकी थिइन् । यस भव्य समारोहको भिडियो नेहा आफैले उनको इन्स्टाग्राम एकाउन्टबाट साझा गरेकी थिइन् । उनीहरु दुबैजना एकदम खुःशी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *