४० जनाभन्दा बढी सवार बस भीरबाट खस्यो, ५ जनाको घटनास्थलमै मृ त्यु

समाचार

भारत, महाराष्ट्रको नन्दुरबारमा यात्रुहरूले भरिएको बस दुर्घटनाग्रस्त भएको छ । यो बस अगाधस्थित भीरबाट ठूलो खाडलमा खसेको हो । जानकारी अनुसार यस दुर्घटनामा ५ जनाको मृ त्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनाको बारेमा जानकारी पाएपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो । दुर्घटनाको बारेमा जानकारी दिँदै नन्दुरबारका प्रहरी उपरीक्षक महेन्द्र पण्डितले भने कि दुर्घटना नन्दुरबारको खामचन्दर गाउँमा भएको थियो ।

घाइतेहरुको संख्या ३५ जना जति रहेको जनाइएको छ । हाल राहत र उद्धार कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *