एकाएक आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

समाचार

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ।सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएकाे सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *