संजय दत्तले क्यान्सरलाई जिते

समाचार

बलिउड चर्चित अभिनेता हुन् संजय दत्त । उनको क्यान्सर निको भएको समाचार सामाजिक संजालमा बाहिरिएकाे छ । उनका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले भारतीय अखबार दैनिक भास्करलाई यो जानकारी दिएका हुन् । अखबारले कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको लेखेको छ ।

आज बेलुकासम्म संजय दत्त र उनकी पत्नी मान्यताले पनि यसको आधिकारिक जानकारी दिन सक्ने बताइएको छ । ६१ वर्षका संजयको सोमबार पोजिट्रान एमिसन टोमोग्राफी (पीटीइ) रिपोर्टै आएको थियो ।

यो रिपोर्टमा उनी क्यान्सरमुक्त पाइएका छन् । पीटीइ स्क्यान क्यान्सरको सबैभन्दा विश्वासिलो जाँच मानिन्छ । यसमा पीडिको क्यान्सर सेल्सको स्थितिबारे थाहा हुन्छ ।

केही दिनअघि संजयले एक भिडियो जारी गर्दै पहिलो पटक सार्वजनिक रुपमा आफ्नो रोगबारे कुरा गरेका थिए । सेलिब्रेटी हेयर स्टाइलिस्ट अलिम हकिमले आफ्नो सामाजिक संजालमा संजय दत्तले क्यान्सरलाई जित्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *