नेपाल घुम्न आउनै नहुने यि ७ कारण भन्दै एक भारतीय महिलाले पोष्ट गरेको भिडियो विश्वभर भाइरल (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ । मानसी अग्रवाल नामकी एक भारतीयले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘नेपाल घुम्नै नहुने ७ कारण’ अहिले भाइरल भएको छ। शिर्षक हेर्दा नकारात्मक जस्तो लागेपछि उनले पोष्ट गरेको भिडियो सामग्री भने सकारात्मक छ ।

उनले अंग्रेजी भाषामा नेपालको बारेमा भिडियो निर्माण गरी सामाजिक सञ्जालमा राखेकी छिन्। उनले पाटन दरबार स्क्वायरलाई ब्याक ग्राउण्डमा राखी कस्ता मानिस नेपाल घुम्न नहुने भनी भिडियो निर्माण गरेकी छन्। आफुलाई नेपालमा लामो समय बसेको र अब यतै बस्ने चाहना भएको बताएकी उनले सार्वजनिक गरेको यो भिडियो अहिले विश्वव्यापी भएको छ ।

उनी भारतीय मोटिभेसनल स्पिकर हुन् । शुक्रबार आफ्नो फेसबुक पेजमा नेपाल घुम्नै नहुने ७ कारणसहितको भिडियो अपलोड गरेकी थिइन्। उनले यस अघि पनि विभिन्न भिडियो सार्वजनिक गर्ने गर्थिन । तर सामान्यतया उनले पोष्ट गरेका भिडियो चार, पाँच हजार मात्रै भ्युज हुने गरेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर नेपाल घुम्नै नहुने ७ कारणसहित शीर्षक रहेको भिडियो भने आइतबारसम्म करिब साढे सात लाखले हेरिसकेका छन्।
‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा–बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। उनले भिडियो सुरु गर्दै भन्छिन्, म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु ।

उनले भिडियोमा नेपालको मौसम, वातावरण, संस्कृति र यहाँको प्रकृतिका बारेमा निकै सटिक ढंगले ब्याख्या गरेकी छन् । नेपालको रहनसहन, नेपालीको बानी र यहाँको खानेकुराको विविधताका वारेमा कुरा उठाएकी छन् । उनले बिहान उठ्नेबित्तिकै छिमेकीको बाथरुम देख्ने बानी भएकालाई नेपाल घुम्न मन नपर्ने बताएकी छन्। किनकि नेपालमा बिहान उठ्नेबित्तिकै हिमालको हिउँसँगै सौर्य उदय हुन्छ। जसलाई प्रकृतिक सुन्दर मन पर्दैन नेपाल कहिल्यै नआउनु भन्ने उल्लेख गरेकी छन्।

उनले भिडियो सन्देशमा नेपालको विविध कला, संस्कृति भएकाले एउटै किसिमका मानिस हेर्ने चाहना राख्ने मानिस नेपाल नआउन आग्रह गरेकी छन्। नेपालको खाने कुरा जात जातिअनुसार फरक फरक हुँदा एउटै खाना मात्रै मन पर्नेका लागि नेपाल घुम्न उपयुक्त नभएको उल्लेख गरेकी छिन्

7 Reasons to Never, Ever Visit Nepal

I love Nepal. I have spent most of my adult life here. I live here, and work here. I know that friends in India and abroad who are sick of my constant pleas inviting them over will be shocked, but there are 7 small reasons you should never ever visit Nepal, and here I'm sharing them all with you. PS: Watch the video till the end. PPS: A ton of gratitude goes out to Mr. Om Yadav for all those WONDERFUL pictures in this video!Edited to add: The concept of this video isn't a 100% original. Vaguely inspired by the title of an article I read about France years ago.

Posted by Mannsi Agrawal on Friday, October 16, 2020

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *